• बिज्ञान/ प्रविधि

    आचार्य आर्यभट्टका बारेमा पश्चिमाहरुले फैलाएको भ्रमजाललाई निस्तेज गरौँ

      ओमकार

     

     

    आर्यभट्टको जन्म वि.सं. ५३३ (सन् ४७६) मा भएको थियो। उनको जन्म स्थान पटना अर्थात प्राचीन कालीन मगधको राजधानी पाटलीपुत्र कै समीपमा कुसुमपुर भन्ने गाउँमा भएको थियो। आर्यभट्ट सुप्रसिद्ध गणितज्ञ तथा प्रखर खगोलविद थिए।

    आर्यभट्टको सबभन्दा प्रसिद्ध ग्रन्थको नाम आर्यभट्टीय हो। यसको रचना उनले वि.सं. ५५६ (ई.सन. ४९९) मा गरेका थिए। यो ग्रन्थ छन्दोबद्ध तथा सूत्र शैलीमा छ र चार विभागमा विभक्त छ। कुनै सिद्धान्तलाई अत्यन्त संक्षेपमा प्रतिपादन गर्नुलाई सुत्रशैली भनिन्छ। यसलाई हामी “गागरमा सागर” को उपमा दिन सक्छौं। उदाहरणको लागि एकै श्लोकमा गणितका पाँच वटा नियमहरुको समावेश हुन्छ। आर्यभट्टको चतुर्थ विभागको नाम गोलपाद हो, यसमा केवल ११ वटा मात्र श्लोक छन् तर ति ११ श्लोकमा सम्पूर्ण सूर्य सिद्धान्त प्रतिपादित गरिएको छ।

    आर्यभट्ट त्रिकोणमितिका पनि आविष्कर्ता थिए। उनले त्रिकोणमितिका अनेक सूत्रहरुका संशोधन गरेका छन्। आर्यभट्ट ग्रन्थमा प्रथम पटक त्रिकोणमितिको उल्लेख भएको छ। आर्यभट्ट प्रथम व्यक्ति थिए जसले गणितमा पाईको प्रयोग गरे। तुलनात्मक अध्ययनका लागि सर्वप्रथम तालिकाको प्रयोग गर्ने व्यक्ति आर्यभट्ट नै हुन्। उनि द्वारा प्रतिपादित सूत्र र नियम वर्तमानमा गणितका पाठयक्रमहरुमा पढाइन्छ।

    आर्यभट्टले नै सर्वप्रथम उदाहरणका साथ प्रमाणित गरेर देखाए कि हाम्रो पृथ्वीको आकार गोलो छ यो आफ्नो धुरीमा घुम्दै सूर्यको ओरिपरी पनि परिक्रमा गर्दछ र चन्द्रमा पृथ्वीको उपग्रह हो जसले पृथ्वीको परिक्रमा गर्दछ। चन्द्रमाको आफ्नो प्रकाश नभएर सूर्यको प्रकाशलाई परावर्तन गर्दछ।

     

    सबै ग्रहहरुको कक्ष दीर्घ-वृत्ताकारको छ भन्ने कुरो पनि उनले नै प्रमाणित गररेका हुन्| उनले नै सर्वप्रथम गुरुत्वाकर्षणको नियम संसारलाई दिएका हुन्, गतिको सिद्धान्त पनि यिनले नै प्रतिपादित गरेका हुन् र त्यसैको आधारमा नक्षत्रहरुको परिभ्रमणको पनि विवेचन गरेका हुन्।

     

    उनले नै सूर्य सिद्धान्त नामक ग्रन्थमा ग्रहण लाग्नुका कारणहरुको सूक्ष्म विवेचन गर्दै स्पष्ट रूपले प्रतिपादित गरेका हुन् कि सूर्यग्रहण र चन्द्रग्रहण राहु र केतु नामक राक्षस द्वारा ग्रसित हुनाले नभएर चन्द्रमा अथवा पृथ्वीको छायाँको परिणाम हो। उनले जुन वर्षमान निश्चय गरेका हुन्, त्यो युनानी ज्योतिषी टालमी द्वारा निश्चित गरिएको कालको अपेक्षा स्पष्ट छ। आर्यभट्टको गिन्ती अनुसार वर्षमा ३६५.२५८६८०५ दिन हुन्छन्।

     

    यसबाट स्पष्ट हुन्छ कि अन्य देशका ज्योतिषिहरुको अपेक्षा आर्यभट्टको गिन्ती आधुनिक कालगणनाका साथ् सार्वाधिक साम्यता राख्छ। आर्यभट्टको ज्योतिष विज्ञानमा पनि पूर्ण प्रभुत्व थियो। उनि स्वयं पनि एक विद्धान ज्योतिषी थिए। उनले आफ्नो ग्रन्थ आर्यभटियमा गणित र खगोलको संग्रह गरेका छन्| यसमा उनले अंकगणित, बीजगणित, सरल त्रिकोणमिति र गोलीय त्रिकोणमितिको उल्लेख गरेका छन्| यसमा उनले वर्गमूल, घनमूल, सामानान्तर श्रेणी तथा विभिन्न प्रकारका समीकरणहरुको वर्णन पनि गरेका छन् ।

    उनले प्रथम पटक by= ax+ c र by= ax-c समीकरणको सिद्धांतलाई सम्झाए बीजगणितमा सबभन्दा महत्वपूर्ण pi()= 3.1416 को व्याख्या आर्यभट्टले नै गरेका हुन्| सून्य (0) को महान खोजले उनको नाम इतिहासमा सदा अमर रहनेछ, जसको बिना गणितको कल्पना गर्न पनि असम्भव छ| आरभट्टले नै सबभन्दा पहिले स्थानीय मान पद्धतिको व्याख्या गरेका हुन्| उनले नै ज्योतिष-गणित र अंकगणितको समन्वय गरेका हुन्। उनले गणितका यस्ता-यस्ता सूत्र दिएका छन् जसबाट त्रिकोण, वृत्त, लम्ब-वृत्त (सङ् कु), गोलाकार आदिको क्षेत्रफल सरलता संग जान्न सकिन्छ।

    आर्यभट्ट द्वारा गरिएका समग्र शोधहरुको वर्णन आर्यभटीय, दशगीतिका, तन्त्र आदि ग्रन्थहरुमा पाइन्छन्। महान ज्योतिषी तथा गणितज्ञ आर्यभट्टको प्रसिद्धि पश्चिमी देशहरुमा पनि छ।
    हाम्रा महान आदर्श पुरुषहरुको बारेमा खोज अनुसन्धान गरेर उनीहरुले मानव जातिलाई दिएको ज्ञानलाई जताततै फैलाऔँ र पश्चिमाहरुले फैलाएको भ्रमजाललाई निस्तेज गरौँ।

    प्रतिकृया दिनुहोस