• खेलकुद

    ज्ञानेन्द्र, पारस र सन्दीप बरियतामा खस्किए, कुशलको सुधार

      ओमकार टाइम्स


    अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको नयाँ टी-२० बरियतामा नेपालबाट रहेका तीनै खेलाडीको बरियता खस्किएको छ । आइसीसीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ टी-२० बरियतामा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का र बलर सन्दीप लामिछानेको बरियता खस्किएको हो ।

    नयाँ बरियतामा मल्लको बरियता दुई स्थान तल झरेर ९७ औं स्थानमा पुगेका छन् । उनको तीन सय ५७ रेटिङ रहेको छ । यस्तै पूर्व कप्तान पारस खड्का पनि तीन स्थान तल झर्दै ९४ औं स्थानमा पुगेका छन् ।

    युवा खेलाडी कुशल भुर्तेलको बरियतामा भने एक स्थान सुधार भएको छ । उनी हाल ६० औं स्थानमा पुगेका छन् । कुशल बरियतामा भारतीय खेलाडी रिशब पन्त, वेष्ट इन्डिजका पोलार्ड र निकोलस पुरन भन्दा अगाडी रहेका छन् ।

    यस्तै बलिङमा सन्दी लामिछाने चार स्थान तल झरेर ८३ औं स्थानमा पुगेका छन् । उनको चार सय पाँच रेटिङ रहेको छ । सोमपाल कामी शिर्ष एक सय बरियतामा पुगेका छन् ।

    उनी हाल ९७ औं स्थानमा उक्लिएका छन् ।  विश्व बरियताको शिर्ष स्थानमा इंग्ल्याण्डका डेविड मलान यथावत छन् । दोस्रो स्थानमा पाकिस्ताका बाबर अजाम छन् । बलिङतर्फ शिर्ष स्थानमा दक्षिण अफ्रिकी खेलाडी तबरेज साम्सी छन् ।

    प्रतिकृया दिनुहोस