• देश

    निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई भिमदत्त नगरपालिकाले दियो जागिर | OmkarTimes.com

      ओमकार


    महेन्द्रनगर ।  गतबर्ष करणी पछि मारिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले जागिर पाएकी छन् । उनलाई कन्चनपुरकै भिमदत्त नगरपालिकाले कार्यलयमा सहयोग गर्नेगरी जागिर दिएको हो ।

     

    उनलाई दैनिक हाजिरीको आधारमा पारिश्रमिक पाउनेगरी जागिर दिईएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताएका छन् ।

     

    केही महिना अघिबाटै दुर्गादेवी पन्तले आफुलाई परिवार धान्न गाह्रो भएको भन्दै नगरपालिका कार्यालयमा निवेदन दिँदै आएकोले नगरपालिकाको निर्णय अनुसार नै उनलाई जागिरका लागि नियुक्त दिईएको मेयर विष्टले बताएका छन् । उनका पति अर्की श्रीमतीसँग फरक बसेकाले आफुलाई घरपरिवार धान्न गाह्रो भएको बताउदै आएकी थिईन् ।

    प्रतिकृया दिनुहोस