• विचार

    समाजबादी क्रान्ती र नेपालको बस्तुगत अबस्था

      तिलक तिम्सिना

    मरणासन्न बुर्जुवा पुजिबाद

    नेपालले हाल अंगिकार गरेको ब्यबस्था संसदीय ब्यबस्था हो । संसदीय ब्यबस्था पुजिबादी ब्यबस्था भएता पनि नेपालको हालको संसदीय ब्यबस्था उदार पुजीवादी व्यावस्थाका पक्षपोषक,पुजिबादी ब्यबस्थाका अनुयायी र सामन्तबादी ब्यबस्थाका पक्षधरहरुको फ्युजनबाट गठन भएकोले यो व्यवहारत: बुर्जुवा पुजिबाद हो । बिपरित र निषेधित बिचारको बिजातिय समिश्रणबाट यसको जन्म भएको हो । यसको जन्मनै सामस्याग्रस्त रुपमा भयो ।

    गर्भाबस्थामै सन्क्रमित यो ब्याबस्थाले देश र जनताका न्युनतम समस्या र अन्तबिरोध लाई समाधान गर्न नसकने अवस्था निश्चित नै थियो । पार्टिगत बैचारिक बिचलन, सत्तालोलुपता , अस्थिर राजनैतिक अबस्था, राजनैतिक संस्कारको क्षयिकरणले यो ब्यबस्ता प्रती नेपाली जनताको बिश्वास र भरोसा सुन्यकरण भएको छ । महगी ,भ्रष्ट्चार , कमिसनखोरी माफियातन्त्रले जनता आजित भएका छ्न र नया बैकल्पिक ब्यबस्थाको खोजिमा छ्न । नाङगो बैदेशिक चलखेल र हस्तक्षेप ले ब्यबसथा प्रती जनताको नकरात्मकता बडेको छ । राजनैतिक रुपमा यो ब्यवस्था गहन राजनैतिक र सामाजिक समस्याबाट गुज्रिरहेको छ । करिब दुई तिहाइको कथित कम्युनिष्ट सरकारको पतन, सत्ताकोअप्राकृतिक समिकरण, र देशमा देखिएको राजनैतिक संकटले यसको पुष्टि गर्दछ । अबको स्थितिमा सत्ताधरी बर्गको लागि बिना परिवर्तन सत्ता सुरक्षित राख्न असम्भव छ । सारत: बुर्जुवा पुजिबादि संसदीय लोकतन्त्र चाडै मक्की सकेको छ र आफ्नो चिहान आफै खनी सकेको ले अग्रगामी ब्यबस्थको रुपमा बैज्ञानिक समाजबादको अपरिहार्यता स्थापित भैसकेको छ ।

    सत्ताबर्ग र सामाजिक अन्तर्बिरोधको तिब्रता

    बर्तमान सत्तामा समाजमा तीब्र शोषणको वृद्धि , नागरिक अधिकारलाइ कागजिरुपमा सिमितिकरण र नागरिक अधिकारको सुन्यकरण बढ्दो छ ।जनताको बढ्दो अभाबग्रस्तातता, सरकारको आश्वासन र समृद्धिको सपनाबाट जनता आजित भएका छ्न । ब्यबस्था प्रतिको अनास्था चुलिएको छ ,जस्को समाधन यो सत्तासङ छैन र सत्ताधारी बर्ग छ्टपटाइ रहेका छ्न । बहुचर्चित एम सि सि ले राष्ट्रियता माथिनै प्रश्न चिन्न उठेको छ । एम सि सि मार्फत यो सत्ता जनताको अवश्य भावी बिद्रोह र अग्रगामी परिवर्तनको चाहनालाई दमन गर्न चाहन्छ र जनचहना बिना जबरदस्त सत्ता पक्ष लाद्न खिजिरहेको छ ,जस्को प्रतिकार स्वरुप जनता बिद्रोहमा उत्रिन तयार छन् । यसले सत्ता र जनताको तत्कालिन अन्तरबिरोधलाइ तीब्र बडाइ रहेको छ । यो समाजबादी क्रान्तिको तत्कालिन बस्तुगत परिस्थितीको सुचक हो ।यी तमाम अन्तर बिरोधको स्थायी समाधान फेरिपनी समाजबादी क्रान्तिनै हो ।

    गैर सर्बहारा बर्ग र सर्बहारा बर्गको एकत्व

    बर्तमान राज्य सत्ताले अगिकार गरेको अर्थब्यबस्थाले बैज्ञानिक तथा प्राबिधिक बर्ग सर्बहाराकृत हुँदै गैरहेको छ । बड्दो निजिकरणले प्राज्ञिक बर्गलाइ ज्यालादारी मजदुरको रुपमा स्तापित गर्दै लगेको छ । राष्टिय बौद्धिक बर्ग,र प्राबिधिक बर्ग जिबिकोपार्जनको निमित निजि रोजगारदातामा आश्रितहुनु पर्ने र उनीहरुको कल्याण कारिताको निमित राज्य उदासिन रहेकोले अत्याधिक शोषण बड्दो छ ।

    निजिक्षेत्रको चरम शोषण, राज्यको उदासिनता , बौदिक पलायानको बाध्यता र बैदेसिक रोजगारीबाट फर्किएका युबाहरुको राज्य ब्यबस्थाको परिवर्तन र समुन्नत ब्यबस्थाको चाहनाले सर्बहारा, गैर सर्बहारा बर्ग एउटै मोर्चामा ध्रुबिकृत भएका छन जुन क्रन्तिको एकीकृत सामाजिक शक्ति हो । बिचौलिया नियंत्रित कृषि सम्यन्त्रले कृषकको स्थिती त झन दयनिय छ । नेपाली सन्दर्भमा भन्दा किसान नै समाजबादी क्रान्तिको प्रमुख परिचालक शक्ति हो जुन शक्ति श्रम ,लगानी र उत्पादकत्वको प्रतिपक्षता दलाल बजार प्रणाली र मुनाफाबिहिनताको अबस्थामा गुज्रिरहेको छ ।यसको समाधान बर्तमान ब्यबस्थाले दिन सक्दैन ।

    सामाजिक बिभेदिकरण र द्वन्द

    पछिल्लो समय समाजमा धार्मिक असन्तोष बड्दो छ । पश्चिमेलि राष्ट्रद्वारा प्रायोजित कृश्चनरी मिसन धार्मिक द्वन्द बडाउन सक्रिय छ्न । बहुसंख्यक हिन्दु आस्था माथिको अनगर्ल प्रचार र प्रहारले यो ब्यबस्था प्रती जनताको असन्तोष चुलिदो छ । धार्मिक साम्राज्यबाद्को पश्चिमेली मिसन राज्यलाइ प्रभाबित पार्न सफल भैसकेको छ र सत्ताकै आडभरोसामा सामाजिक सरचनालाइ ध्वस्त पार्न प्रयासरत छ । अर्कोतिर जातिय सबालसँग सम्बन्धित मुद्दाहरुलाइ ब्यबस्थापन गर्न ब्यबस्था असमर्थ भै सकेको छ । यी मुद्दाहरुको समाधान केबल समाजबादी राज्यब्यबस्थाबाट मात्र सम्भब छ ।

    बर्तमान ब्यबस्थामा देखेएका समस्याहरु यो ब्यबस्थाकै स्थाइ उपज हुन । यी समस्याको समाधान यो ब्यबस्थाबाट सम्भब छैन । अझ समस्याहरुको गहिराइ बड्दै जाने र अरु नया समस्या थपिदै जाने छ्न ।यो समस्याग्रस्त भैसकेको छ । यसको बिकल्प भनेको समाजबादी क्रान्ती नै हो । समाजबादी क्रान्तिको अनुकुल परिस्थिती तयार भैइ सकेको र यो एतिहासिक कार्य भार पूरा गर्न अग्रगामी प्रगतिशिल समाजबादी शक्तिहरु एकजुट हुन आबश्यक छ ।

    प्रतिकृया दिनुहोस