• राजनीति

    ‘पूर्ववर्ती सरकारको जनविरोधी निर्णय खारेज गर्नुपर्छ’

      ओमकार टाइम्स


    काठमाडौं : प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको निवर्तमान सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् ।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन । पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’

    जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने तत्कालीन सरकारले निर्णय गरेको उनले बताइन् । सो निर्णय खारेजीको माग गर्दै उनले झापाबाट एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको पनि बताइन् ।

    त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै नेतृ झाँक्रीले दार्चुला घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् ।

    प्रतिकृया दिनुहोस