• विचार

    सामाजिक संजाल , फर्जी बहस र राजनिती

      तिलक तिम्सिना

    सुसूचित हुन पाउनु नागरिकको मौलिक अधिकार हो । समाजमा घटेका वा घट्नसक्ने घटना परिघटनाको जानकारी सहज उपलब्ध हुनु प्रजातन्त्रको मजबुति गर्ने प्रथम आधार पनि हो । त्यसैले संचार जगतलाइ राज्यको चौथो अङ्ग पनि भनिन्छ । स्वतन्त्र संचार जगतले नागरिक सचेतनालाइ अभिवृद्धि गर्दै लोकतन्त्रलाई दरिलो पार्दछ । संचार जगतको निष्पक्ष र सत्य समाचार सम्प्रेषण र बौद्धिक बहसले सामाजिक परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

    नेपालमा लोकतन्त्र पश्चात तिब्र बिकास भएको क्षेत्र संचार क्षेत्र हो । तर यो अत्यन्तै बिकृत रुपमा बिकाश भयो । विशेषत : बड्दो अनलाइन संचारले संचारजगत नै प्रदुषित हुँदै गैरहेको छ ।प्रथमत : ब्यक्तिगत स्वार्थ , भाइरल हुने मनोरोग र रमाइलोको निमित फर्जी सुचना सम्प्रेषण गर्ने काम बड्दो छ ।यसले सुचना प्रतिको बिश्वासनियता घट्दो छ भने मनोबैज्ञानिक रुपमा पार्ने असर त अन्दाजै गर्न नसकिने छ । अर्को तर्फ सामाजिक सञ्जाल मार्फत सम्प्रेषित फर्जी समचारले फर्जी बहस र बिबादको वातावरण तयार गर्दै छ र फर्जी बिबादले फर्जी राजनितिको । नेपालको बर्तमान राजनीति फर्जी समचार – फर्जी बहस – फर्जी राजनितिको एक रेखिय मार्गचित्रमा दौडीरहेको छ ।अहिलेको नेपाली राजनिती यहि फर्जी राजनितिमा बाचेको छ । राजनैतिक रुपमै सामाजिक संजाललाई दुरुपयोग गर्न अभिप्रेरित गरिदै छ । सबै राजनैतिक पार्टिले युवा पंक्तिलाई सामाजिक संजाल मार्फत आफ्नो अन्ध स्तुतिगान र बिपक्षीको तेजबोध गर्न अभिप्रेरित गरिरहेका छ्न । यो आम मुद्दाबाट जनतालाइ बिमुख गराएर अन्यत्र मोडिदिने राजनैतिक माध्यम बनेको छ । आम मानिसलाइ बिषय बस्तुबाट अन्धकार तिर धकेलिदिने यो शसक्त रणनिती हो । यो रणनिती नेपाली राजनितिको प्रमुख विशेषता बनीसकेको छ । यसको पछिल्लो उदाहरणको रुपमा आइ टि सेल, साइबर सेना , साइबर आर्मी आदि राजनैतिक पार्टिका अघोषित नब जनबर्गिय संगठनको रुपमा स्थापित हुँदै जानु हो । यिनिहरुले जाली मुद्दा र नक्कली एजेन्डा तयार गर्छ र अमुक पार्टी वा पार्टीको अमुक ब्याक्ती असली राष्ट्रबादी , असली बिकासबादी र राजनेताको रुपमा स्थापित गराउने प्रयत्न गर्दछ्न । सामान्य घटनालाइ अतिरञ्जित गर्नु , राजनैतिक रङ दिनु वा महत्वपुर्ण मुद्दालाई सामान्यकरण गरि बिपरित बिचार राख्ने प्रती दोषारोपण गर्नु यिनिहरुको धर्म हो ।बैचारिक बहसलाई पुर्ण निषेध गरि सत्यलाई असत्य वा असत्यलाई सत्य स्थापित गराउन अत्यन्त भद्दा र अश्लील शब्द प्रयोग गर्नु यिनी हरुको सिद्धांत नै हो । यसता समुहको कुनै निजि बिचार हुन्न । रुपमा अमुक पार्टिका कार्यकर्ता देखिन चाहाने यिनिहरु नियोजित रुपमा सृजित नेताका रोबो सर्भेन्ट (यांत्रिक नोकर) हुन । यिनीहरुले आफ्नो मालिकको बिचार भन्दा भिन्न बिचारलाइ ठाडै अस्विकार गर्छ्न र जस्ले आफ्नो मालिकको विरुद्ध प्रश्न गर्दछ उसलाइ तुच्छकरण गर्ने , अबैध घोशित गर्ने र उसको तस्बिरलाई रातो घेरामा हालेर भाइरल गराइ समाजको अगाडि अपरधीकरण समेत गर्दछ ।

    राजनीतिबाट निर्देशित सामाजिक सञ्जालले नागरिक लाई बास्तबिकताबाट अलग मात्र गर्दैन बिकृतिप्रती प्रश्न उठाउने ब्याक्तिहरुलाई पनि फुट गराइ दिन्छ । यसले समाजमा सन्त्रास ,उत्पिडन र अपमानको प्रणालीलाई स्थिर गराइ दिन्छ । सत्यको पक्षमा वकालत गर्ने, बहस गर्नेहरुलाइ आवाज बन्द गर्न पारिबारिक दबाब सृजना गर्न बाध्य पार्छ । यसबाट सामाजिक स्वरहरु दमित हुन्छ्न । समाज बिरुद्ध उठने स्वरहरुलाई यसले बिषयान्तर गरेको छ । यसले नेपाली समाजमा तिब्र प्रतिपक्षता र द्वन्द्व बडाएको छ ।

    राजनैतिक अभिप्रेरित सामाजिक सञ्जालमा जुन अभ्यास बड्दोछ , रुपमा यो सामान्य देखीए पनि यसले समाजको लोकतान्त्रिकिकरणको मार्गलाइ अबरुद्ध गर्दै लगेको छ । ब्यबस्था प्रतिका असन्तुष्टी, सामाजिक न्यायका आबाज, सरकारका राम्रो कामको प्रशंसा र खराब कामको आलोचनालाई निडरताका साथ अभिब्यक्त गर्न पाउने नागरिक अधिकारलाई अघोषितरुपमा बन्देज मात्र गरेको छैन, स्वच्छ बैचारिक बहसलाइ नियोजन गरि भद्दा गाली गलोजलाइ बौद्धिकताको रुपमा स्थापित गर्दै छ । यो प्रबृती प्रती राजनैतिक पार्टी,सरकार र तमाम बौद्धिक बर्ग समयमै सचेत नभए राष्ट्र र नेपाली समाज अराजक र जङलीकरण हुने निश्चित छ ।

    प्रतिकृया दिनुहोस