• फिचर

    किन लगायो विप्लव नेतृत्वले सरकारी नम्बर प्लेटका गाडीमाथि प्रतिबन्ध? | OmkarTimes.com

      ओमकार


    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न रोक लगाएको छ ।

     

    आज सो पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले एक विज्ञप्ति जारी गर्दै सरकारी सेतो नम्बर प्लेटका गाडीहरु साउन ७ गतेदेखि चल्न नदिने घोषणा गरेका हुन् ।

     

    जारी विज्ञप्तिमा सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान चलाएर जनपक्षीय अभियानलाई बन्द गर्ने र कथित जनप्रतिनिधिहरुनै ठेक्कापट्टामा सामेल भएर आफ्नै टिपर, ट्याक्टर, स्काभेटर प्रयोग गरी राज्यको सम्पतिको दोहन गरिरहेको आरोप लगाइएको छ ।

     

    विज्ञप्तिमा तिनै जनप्रतिनिधिहरु जनहत्यारा अभियानमा सुराकीको रुपमा परिचालन भएको पाइएको भन्दै यस्ता गतिविधिहरु बन्द गर्ने निर्णय गरेको जनाइएको छ । उक्त निर्णयविरुद्ध काम गरेमा जनकार्वाही गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

     

    प्रतिकृया दिनुहोस