• विचार

    संसद : गालीक्लब र राजनैतिक बेश्यालय

      तिलक तिम्सिना

    संसदिय ब्यबस्थामा संसद राज्यको सर्बोच्च अंग हो । यो जनताको सार्बभौमसत्ताको अभिव्यक्ति गर्ने थलो हो। सांसद जनताको प्रतिनिधि हो। संसदमा सांसदको अभिव्यक्ति जनताको अभिव्यक्ति हो । संसदीय ब्यबस्थाका पक्षपातीहरु संसदलाइ आम जनमतको अभिव्यक्ति गर्ने केन्द्रको रुपमा बुझछन । त्यसैले संसद संसदीय प्रणालीको मुटु हो । संसदीय प्रणालीमा सरकारको जन्म पनि संसदले नै गर्दछ । यो सरकारको पनि जननी हो । त्यसैले जन्मदाता संसद प्रती सरकार सधै उत्तरदायी हुनु पर्दछ र संसदले सरकारलाइ सधै उत्तरदायी बनाउनु पर्दछ भन्ने अभिमत संसदीय प्रणालीका वकिलहरुको पाइन्छ । सत्ता पक्ष र प्रतिपक्ष यसका धमनी र शिरा हुन जस्को सन्तुलित समन्वयद्वारा प्रणाली सञ्चालन हुन्छ ।

    नेपालको बर्तमान संसदीय अभ्यासलाइ हेर्दा यो संसदीय प्रणालीको मर्म र भावना भन्दा फरक धारमा बगेको देखिन्छ । बर्तमान संसद एउटा गाली क्लब (scald club) को रुपमा रुपान्तरित हुँदै छ । पछिल्लो समयमा पुर्ब प्रधानमन्त्रीहरुको संसद रोस्ट्रममा उभिएर दिएको अभिव्यक्तिले यसको पुष्टि गर्दछ । संसदको रोस्ट्रममा उभिएर बोलेको कुरा जनताको नाममा भएको सम्बोधन हो । यो अत्यतै ओज पुर्ण हुन्छ । तर हाम्रो अभ्यास हेर्दा प्रधानमन्त्रीहरुकै अभिव्यक्ति दलगत तिक्तता , अहंकार , दम्भ , बैयत्तिक तिक्तता , आक्रोश , खुच्चिउ र पराजित रोइलो भन्दा बढी केही पाइदैन । संसदमा पुर्ब प्रधानमन्त्रीको अभिव्यक्ति र भागभंगिमा साँढे डुकराइलाई बिर्साउने खालको छ । यसको उप उत्पादनको रुपमा सत्ता पक्ष र प्रतिपक्षीका संसदहरुको वाक जुवारीले संसदलाइ दोहोरी क्लबको झझल्को दिन्छ । पक्ष विपक्षको पाडे गालिको संस्कृतिको बिकासले सिङ्गो संसदको ओज गिर्दो छ । संसदको गरिमा र मानलाइ नै किन्चित नठान्ने यो प्रबृती सारत: जन उपेक्षा हो । यसले जनताका समस्या भन्दा बाहिर गएर संसद पार्टीगत तुष्टिकरण पोख्ने अखडाको रुपमा बिकास हुँदै गैरहेको छ । संसदमा अभिव्यक्त बिषयलाइ लिएर कुनै संसदलाइ कारबाही गर्न पाइदैन । यसको आसय सांसदले उसले जनहित भन्दा अन्य कुनै कुरा संसदमा गर्दैन भन्ने परिकल्पना हो तर यो संसदीय परिकल्पनालाइ हाम्रो संसदीय अभ्यासमा अनुभूति सम्म गरेको पाइदैन । संसदीय प्रणालिमा प्रधानमन्त्री सर्बोच्च पद हो । जनप्रतिनिधिको नायक हो । प्रधानमन्त्री संसदीय दलको नेता हुने संबैधानिक प्राबधानले उ संसदको अनुभबी सारथि पनि हो । संसदीय संस्कार र संस्कृति निर्माणमा पुर्ब प्रधानमन्त्रीहरुको मह्त्वपुर्ण भुमिका हुन्छ । तर हाम्रो सन्दर्भमा स्वय पुर्ब प्रधानमन्त्रीहरु नै संसदीय संस्कृतिको बिध्वसमा तल्लिन भएको पाइन्छ ।

    पुर्ब प्रधानमन्त्री र सांसदहरुको संसदमा भएका अभिव्यक्तिहरु सामाजिक सन्जालका हास्यास्पद ट्रोल भएका छ्न । लाग्छ सामाजिक सन्जालकै खुराकको लागि येस्तो नौटकी गर्नु भयेको हो , वहाहरुको ध्येय नै लाइक, कम्मेन्ट र भिवर बडाउनु हो । स्वयम् पुर्ब प्रधानमन्त्रीहरु पार्टीको सर्बोच्च नेतृत्वमा हुनु हुन्छ । वाहाहरुले संसदमा खेलेको भुमिकाको छाँया तत पार्टीका संसदमा पर्नु स्वभाबिकै हो । परिणामत: जन सरोकरका बिषय भन्दा पनि गालीगलोज , नेतृत्व र पार्टीको भक्तीगान , भ्रम शृङ्खला, बेतुकका तर्क नै संसदिय धर्म हो भन्ने मनोरोग सांसदमा बढेको भान हुन्छ । निम्न स्तरका आरोप प्रत्यारोपमा नै संसदको समय खर्च्नु संसदीय अभ्यास हो ।संसद जनमुद्दाको उठान र बहस हुने ठाउँ हो , जनसरोकारका बिषयमा सरकारलाइ घच्घच्याउने थलो हो तर हाम्रा सांसदहरु जनमुद्दा बिहिन जस्तो भएर कहिले भक्ती कबिताको श्रोतागण त कहिले खाडो जगाएको रमिते हुन बिबश छ्न ।

    संसद देश निर्माणको खाका कोर्ने थलो हो । संबिधानले मार्गनिर्देशन गरेको खाकालाइ मुर्तकरण गर्ने कार्य संसदमा हुन्छ । त्यसको राजनैतिक र दार्शनिक बहस संसदमा हुनु पर्दछ । हाम्रो संसदमा त्यस्तो कुनै अभ्यास गरेको पाइदैन। हाम्रो संसदका गतिबिधी हेर्दा बेकामेहरुको भिड जस्तो प्रतीत हुन्छ। नवीन सोच र चिन्तनको बिकास भएको पाइदैन । अधिबेशनको आव्हान्नै बिपक्षीको गालीगलोज र तुच्छिकरणको अबसर हो कि भन्ने भान हुन्छ। संसदहरु पार्टीगत प्रोपोगण्डा मचाउने एजेन्ट र ताली बजाउने पार्टीका कारिन्दाको रुपमा मात्र प्रस्तुत गरिने अभ्यास बड्दो छ । जनपक्षीयधरता र राष्ट्रियता भन्दा पनि पार्टीगत बफादारिताले संसद राजनैतिक बेश्यालयको रुपमा बिकाश हुदै छ ।

    समुन्नत संसदीय अभयासबाट मात्र संसदीय ब्याबस्था चिरस्थाइ हुनसक्छ । त्यसको निमित संसदमा सहभागी पार्टीका अध्यक्षहरु , पुर्ब प्रधानमन्त्रीहरु र संसदहरुबाटै सभ्य संसदीय संस्कृतिको अभ्यास हुन आबश्यक छ । पुर्ब प्रधानमन्त्रीहरु र संसद्ले संसदमा देखाउने कार्यकलापको निरन्तरताले संसदलाइ माक्र्सले भनेजस्तै खसिको टाउको झुन्डियाइ कुकुरको मासु बेच्ने पसलनै बनाउने निश्चित छ ।

    प्रतिकृया दिनुहोस