• सम–सामयिक

    मेहन्दी लगाउँदा यस्तो गल्ती नगर्नुहोस, क्यान्सरसम्म हुन सक्छ | OmkarTimes.com

      ओमकार



    साउनको सौन्दर्य सूचक हो मेहन्दी र हरियो चुरा । खास गरी महिलाले साउन महिनाभरि हातमा हरिया चुरा र मेहन्दी लगाउँछन् । उसो त साउन महिना प्राकृतिक रूपमा पनि हरियो महिना नै हो ।

     

    धर्म संस्कृति मान्ने महिलाहरूले लगाउने मेहन्दी र चुरा पछिल्लो समय प्राय सबै जसो महिला र युवतीको लगाउने गरेका छन् । अहिले त मेहन्दी र चुरा फेसनकै रूपमा स्थापित भएको पाइन्छ । रङ्गीचङ्गी पहिरनसँगै बजारमा चुरा, मेहेन्दी र कपडाहरूको व्यापार बढेको छ ।

     

    साउनमा विशेष रूपमा मनाउने सोमबारको व्रत बस्ने हरियो, पंहेलो रङ्गको चुराका साथै मेहन्दी र हरियो रातो कपडा र श्रृङ्गारमा सजिने गर्छन् । साउन महिना आएलगत्तै हरियो चुरा र महेन्दीलगायत अन्य श्रृङ्गारिक सामानको बिक्री राम्रो भइरहेको छ ।

     

    अन्य समयमाभन्दा साउनमा यस्ता सामग्रीको कारोबारबाट मनग्य आम्दानी हुँदै आएको व्यापारीको भनाई छ ।प्रकृति मात्र नभई साउनसँग हरियालीको विशेष सम्बन्ध र सामिप्यता रहन्छ । यही रङ्ग भित्र उपस्थिति जनाउने एउटा महत्त्वपूर्ण पक्ष मेहन्दी पनि हो ।

     

    विशेष हिन्दु नारीहरूले सुन्दरता र सौभाग्यका लागि साउन महिनाभर प्रयोग गर्ने मेहन्दीको गुनिलो पक्ष बढी भए पनि बजारमा जथाभाबी पाइने मेहन्दीले स्वास्थ्यमा पनि उत्तिकै हानी पु¥याउने गरेको छ ।

     

    कतिपय ठाउँमा मेहन्दीलाई डार्क बनाउनका लागि विभिन्न केमिकल, पेट्रोल, एसीड लगायतका वस्तु राखिन्छ जुन मानिसको स्वास्थ्यको लागि घातक हो । यस्ता मेहेन्दीको प्रयोगले छाला पोल्ने छालाको एलर्जी देखि क्यान्सरसम्मको रोग लाग्ने खतरा बढी हुन्छ । सस्तो मूल्यमा पाइयो भन्दैमा जस्तोसुकै मेहन्दी लगाउँदा मानिसको स्वास्थ्यमा गम्भीर असर परिररहेको छ ।

     

    त्यसैले मेहन्दी लगाउँदा प्राकृतिक मेहेन्दी प्रयोग गर्न चिकित्सकहरूको सुझाव छ ।

     

    नेपालमा मेहन्दी व्यापारका लागि न कुनै मापदण्ड छ, न कुनै अनुगमन नै। जसले, जहाँबाट जस्तोसुकै मेहन्दी ल्याएर बेचे पनि कसैले केही गर्दैन।

     

    नेपालमा कस्मेटिक्सको मापदण्ड र नियगमन गर्ने कुनै निकाय छैन। यस्तो विधिहिनताको पीडामा नेपाली नारीहरू हरेक साउनसँगै शरीरमा घातक रोग सङ्क्रमणको पीडित भइरहेका छन् ।

     

    छालामा रोग प्रतिरोधी क्षमता बढाउन पनि उत्तिकै मद्दत गर्छ । त्यस्तै मेहन्दीको सेवन उच्च रक्तचापका बिरामीहरूको लागि वरदान मानिन्छ भने कपालको रक्षाका लागि मेहन्दीलाई रक्षाकवच नै ठानिन्छ । तर अब स्वास्थ्य प्रयोगकर्तामा नै निर्भर छ ।

     

    मेहन्दीका प्रयोगकर्ताहरूले सतर्कता अपनाए मेहन्दी स्वास्थ्यका लागि हो भने जथाभाबीको प्रयोग गर्नेको लागि खतराको खानी पनि हो ।

    प्रतिकृया दिनुहोस