• पत्र-पत्रिका

    वायुसेवा निगमले चीन सरकारलाई जहाजको अन्तिम किस्ता नतिर्ने | OmkarTimes.com

      ओमकार


    काठमाडौं । सरकारले अनुदान तथा सहुलियत ऋणमा ल्याइएका ६ वटा चिनियाँ जहाज (दुईवटा एमए ६० र चारवटा वाइ १२ ई)को अन्तिम १० प्रतिशत किस्तावापतको ३४ करोड रुपैयाँ नेपाल वायुसेवा निगमले चीन सरकारलाई नतिर्ने भएको छ ।

     

    सरकारले ७ वर्षअघि चीनको एक्जिम बैंकबाट ३ करोड ५१ लाख अमेरिकी डलर सहुलियत ऋण लिई यी विमान निगमका लागि खरिद गरेको थियो । कूल ऋणमध्ये बुझाउन बाँकी ३४ करोड रुपैयाँ नबुझाउने निर्णय निगमले गरेको छ ।

     

    दुई मुलुकबीच सहुलियत ऋण लिनेदिने सम्झौता भएपनि जहाज गरिद सम्झौता भने निगम र चीन सरकारको स्वामित्वमा रहेको एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनबीच भएको थियो । यो समाचार अाजकाे कान्तिपुर दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस