• विदेश

    जग्गेमा बेहुलीले वान्ता गरिन, बेहुलाले तत्कालै अस्पताल पुरयाएर गर्भ र कुमारित्व परीक्षण गराए

      एजेन्सी

     

    २९ वर्षका देव (परिवर्तित नाम) र २६ वर्षकी नन्दिता (परिवर्तित नाम) एक मेट्रोमोनियल वेबसाइटमा भेटेका थिए । दुबैले एमबीए गरेका थिए र राम्रो कम्पनीमा काम गरिरहेका थिए । भेटेको केही समयपछि उनले विवाह गर्ने निर्णय गरेँ । दुबैले नोभेम्बर सन् २०१८ मा विवाहको मिति तोके । विवाहको १५ दिन अघि नन्दिनीकी आमाको मृत्यु भयो । क्यान्सरका कारण । नन्दिनी निकै दुःखी थिइन् । उनी डिप्रेशनमा गइन् । तर देवलाई लाग्यो कि उनी विवाहसँग खुसी छैनन् ।

     

     

    उनको मुश्किल समयमा नन्दिनीलाई उनका एक साथीले साथ दिए । यसलाई देवले गलत अर्थ निकाले । विवाहको दिन नन्दिनीलाई ग्यासको समस्या भयो । यसका कारण उनलाई बान्ता भयो । देवले उनलाई तत्काल भारतकै अस्पताल पु–याए । नन्दिनीलाई लाग्यो कि देवलाई उनको चिन्ता छ । तर जब उनी अस्पतालको कोठामा पुगिन् तब उनलाई अचम्म लाग्यो । त्यहाँ डाक्टर उनका गर्भ र कुमारित्व परीक्षण गर्न उभिएका थिए ।

     

    उनले त्यो परीक्षण गराउनु प–यो । नन्दनी बाहिर निस्किन् । उनको र देवको निकै झगडा भयो । उनी आफ्नी बहिनीको घरमा बस्न गइन् । तीन महिनापछि देवले एक फेमिली काउन्सिलिङ सेन्टरमा आफ्नी श्रीमतीविरुद्ध उजुरी दिए । उनीहरुले नन्दिनीलाई बोलाए । जब उनीहरुलाई पूरा मामला थाहा भयो तब उनीहरु जिल परे ।

     

    नन्दिनीले आफूले केही कागजपत्रमा पनि हस्ताक्षर गरेको बताइन् । त्यतिबेला उनलाई केमा हस्ताक्षर गरेको थाहा नभएपनि परीक्षणपश्चात् आफूमाथि के भयो, त्यसबारे महसुस भएको बताइन् ।

    त्यसपछि नन्दिनीले पुलिसलाई देवविरुद्ध मुद्दा दर्ता गरिन् । नन्दिनीले देवमाथि शोषणको आरोप लगाइन् । देवले पनि सम्बन्धविच्छेदको निवेदन दिए ।

     

    प्रतिकृया दिनुहोस