• खेलकुद

    भारतको खराब प्रदर्शन, ७८ रनमै सीमित

      ओमकार टाइम्स

    काठमाडौं, भदौ १० गते । इंग्ल्याण्डविरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारिमा भारत ७८ रनमा समेटिएको छ ।
    हेडिंग्लीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले २१ रनमै तीन विकेट गुमाउन पुग्यो ।

    तर ओपनर रोहित शर्माले अजिन्क्यै रहानेसँग इंग्लीश बलरहरूमाथि केही दबाब बनाए पनि लामो समय टिक्न सकेनन् । रहाने पेभेलियन फर्किँदा २२ रन जोडेर भारतले थप सात विकेट गुमाउँदै ७८ रनमा पहिलो पारिमा समेटिन पुग्यो ।

    शर्माले १९ तथा रहानले १८ रनको योगदान गर्नु अतिरिक्त अन्य नौ जना ब्याट्सम्यानले दोहोराे योगफलसमेत जोडन सकेनन् ।

    ओपनर करण लोकेश राहुलसहित तीन जना ब्याट्सम्यान डक आउट भए ।
    इंग्ल्याण्डका लागि जेम्स एन्डरसन र क्रैग ओभर्टनले सामान तीन तीन तथा ओलि रोबिन्सन र साम कर्रनले सामान दुई दुई विकेट लिए ।

    प्रतिकृया दिनुहोस