• स्वास्थ

    पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

      ओमकार टाइम्स

    पछिल्लो २४ घण्टामा देशभर २४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही अवधिमा १९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।
    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिकृया दिनुहोस