• खेलकुद

    क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स क्लब छाड्ने

      ओमकार टाइम्स

    चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स क्लब छाड्ने भएका छन् । उनले आफु क्लव छाड्ने सोचमा भएको भन्दै युभेन्ट्सका सहकर्मी खेलाडीलाई जानकारी गराएका छन् ।

    अन्तराष्ट्रिय मिडियाहरुले रोनाल्डोले युभेन्ट्सका सहकर्मी खेलाडीलाई क्लब छाड्नेबारे जानकारी गराएको जनाएका छन् । स्टार स्ट्राइकर रोनाल्डो पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग जोडिएका छन् ।

    रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले रोनाल्डोको तलबबारे सिटीसँग कुराकानी गरिरहेको बताइएको छ । यस्तै युभेन्ट्सले समेत रोनाल्डो बेच्ने तयारी गरेको बताइएको छ । सिटीको आधिकारिक प्रस्तावको पर्खाइमा युभेन्ट्स रहेको बताईएको छ ।

    पाँच पटकको बालोन डीु ओर विजेता रोनाल्डो प्रिमियर लिग फर्कन तयार रहेको समेत जनाईएको छ । रोनाल्डोले म्यानचेस्टर युनाईटेडबाट २००३ देखि २००९ सम्म खेलेका थिए । रोनाल्डो २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए ।

    ३६ वर्षीय रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता एक वर्ष बाँकी रहेको छ । रोनाल्डोले गत सिजन ३३ सिरी ए लिगमा २९ गोल गरेका थिए ।

    प्रतिकृया दिनुहोस