• राजनीति

    पोखराका पर्यटन व्यवसायीहरु नेपाली कांग्रेसमा प्रवेश

      ओमकार टाइम्स

    पोखराका पर्यटन व्यवसायीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा गणेश बहादुर भट्टराई, गोपी बहादुर भट्टराई, धर्मेन्द्र कुमार वाटाजु लगायतका व्यवसायीहरु कांग्रेस प्रवेश गरेका हुन्।

    कांग्रेस प्रवेश गर्ने अन्य व्यवसायीहरुमा अशोक कुमार भण्डारी, जीवन भट्टराई, विकाश भट्टराई, विशेष भट्टराई, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, शरोज भट्टराई र आशिष भट्टराई लगायत रहेका छन्।

    उनीहरुलाई प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्।

    प्रतिकृया दिनुहोस