• मुख्य

    सरकारी गाडीको दुरुपयोग: सरकारी गाडी लिएर फिल्म हेर्न हलमा | OmkarTimes.com

      ओमकार



    काठमाडौं । बा २ झ १३७१ नम्बरको सरकारी जिप कुमारी हलको पार्किङमा प्रवेश गरेलगत्तै त्यस जिपबाट करिब १० जना यात्रुहरु ओर्लिए ।

     

    जीपबाट ८ जना युवती तथा महिला र २ जना पुरुष ओर्लिए । अनि सरासर उनीहरु फिल्म हलतर्फ प्रवेश गरे । तर उनीहरु सरकारी कर्मचारी जस्ता भने देखिएनन् ।

     

    उनीहरु ओर्लिएलगत्तै यस गाडीका चालकले गाडी फर्काए र फर्किन लागे । त्यहीबेला हामीले सोध्यौँ ‘यो कसको गाडी हो रु जवाफमा चालकले ‘किन चाहियो’ भन्दै तर्किए ।

     

    पछि मिडिया भएको थाहा पाएपछि उनले यो गाडी काशीराज दाहालको भएको बताए । चालकले गाडीमा सवार भएकाहरु दाहालकै परिवारका सदस्यहरु रहेको समेत जानकारी दिए । त्यसपछि उनी हतारिएर गाडी लिएर गए ।

     

    प्रशासकीय अदालतका अध्यक्ष हुन् काशीराज दाहाल । सरकारी गाडीको दुरुपयोग भएकोबारे बिहीबार दाहालसँग प्रतिक्रिया लिँदा सुरुमा उनले त्यो गाडीबारे आफूलाई थाहा नभएको दाबी गरे ।

     

    आफू चढ्ने गरेको गाडी ८०८५ नम्बरको भएको भन्दै उनले फोन काटे ।

     

    त्यसको १० मिनेटमा फेरि दाहाल आफैले फोन गरेर बुधबार आफ्नो गाडी बिग्रिएकाले बा २ झ १३७१ नम्बरको गाडी प्रयोग गरेको स्वीकारे ।

     

    आफू गौशालामा बस्ने गरेको र आफूलाई छाडेर फर्कँदा छोरा, छोरीहरु उक्त गाडीमै बसेर ज्ञानेश्वर गएको उनको भनाई छ ।

     

    रातोपाटी अनलाइनका लागि मदन ढुङ्गानाले लेखेका छन्, तर जीपमा १० जना व्यक्तिहरु थिए र उनीहरु कुमारी सिनेमा घरमा फिल्म हेर्न गएका थिए नि भन्ने प्रश्नमा उनले आफ्नो बचाउ गर्ने कोशिश गरे । तस्बिर पनि रातोपाटी

    प्रतिकृया दिनुहोस