• समाचार

    श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

      ओमकार टाइम्स

    भोजपुर षडानन्द नगरपालिका-९ तालखर्क का ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन्।

    शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए।

    त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

    प्रतिकृया दिनुहोस