• अर्थ

    यो साता ४ सयले बढ्यो सुनको मूल्य

      ओमकार टाइम्स

    यो साता नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले एक सातामा सुनको मूल्य ४ सय रुपैयाँले बढेको बताएको छ । अघिल्लो साताको शुक्रबार छापावाल सुनको प्रतितोला ९१ हजार २०० रुपैयाँ थियो ।

    जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ४ सयले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको छ ।

    शुक्रबार ९१ हजार २ सयमा रहेको छापावाल सुनको मूल्य यो साताको पहिलो कारोबार दिन नै ३०० ले घटेको थियो । त्यसपछि साताको बुधबार र विहीबार केही ओरालो लागेपनि त्यसबाहेकका दिनमा उकालो लाग्दा समग्रमा मूल्य बढेको हो ।

    यस्तै, अघिल्लो साताको शुक्रबार तोलामा ९० हजार ७ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ४ सयले नै बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको छ । यसैगरी, यो साता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

    अघिल्लो साताको शुक्रबार चाँदी  प्रतितोला एक हजार १९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १ हजार २०० रुपैयाँ पुगेको छ ।

    प्रतिकृया दिनुहोस