• समाचार

    बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन

      ओमकार टाइम्स

    बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा यादवको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा घितालले रातोपाटीलाई बताइन् ।

    ६२ वर्षको उमेरमा निधन भएका यादवको जानकी गाउँपालिका वार्ड ६ कठारपुरमा अन्तिम संस्कार गरिने उनले बताइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव जितेका थिए । हाल एमाले लुम्बिनी प्रदेश सदस्यसमेत रहेका  थिए ।

    प्रतिकृया दिनुहोस