• राजनीति

    आजको राशिफल : २०७८ साल भदौ १३ गते आइतबार

      ओमकार टाइम्स


    वि.सं.२०७८ साल भदौ १३ गते । आइतबार । ईश्वी सन् २०२१ अगष्ट २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–सप्तमी, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– कृतिका, अहोरात्र । योग– ध्रुव, बिहान ०८ बजेर १७ मिनेट उप्रान्त व्याघात । करण– भद्रा, बिहान ०९ बजेर १३ मिनेट उप्रान्त बव, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मेष,बिहान १० बजेर ४२ मिनेट उप्रान्त वृष ।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा प्रशस्त समय दिए मात्र आम्दानी बढाउन सकिनेछ भने नयाँ काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाढिनेछन् ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आउने अवसरलाई सही रूपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरी हुने योग रहेको छ भने राजनीति गर्नेहरूले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सङ्गत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला कष्टकर पनि हुन सक्छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरू मिलेर गरिने कुनै पनि व्यापार व्यवसाय फस्टाएर जानेछ भने मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुराना समस्या तथा विवादित विषयहरूलाई केही समय दिएर सकाउन सकिनेछ । आफ्नो विशेष मान्छेलाई लिएर यात्रामा निस्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरूको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महसुस हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आट आउनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइ तथा छिमेकीबाट तपार्ईँले सुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रसन्न हुनेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस