• समाचार

    मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान सुरु हुने

      ओमकार टाइम्स

    काठमाडौँ : आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं–कोलम्बो उडान हुने जानकारी दिए । काठमाडौं–कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।

    प्रतिकृया दिनुहोस