• समाचार

    गुल्मीको रिडी–तम्घास सडक र रिडी रुद्रवेणी सडक अवरुद्ध

      ओमकार टाइम्स

    पहिराले आइतबार विहानदेखि गुल्मीको रिडी–तम्घास सडक र रिडी रुद्रवेणी सडक अवरुद्ध भएको छ ।

    रिडी–तम्घास सडक खण्डको खनियाँरुखामा पहिरो गई अवरुद्ध भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार रिडी– रुद्रेवेणी सडक पनि साँघुरोमा पहिरो गई अवरुद्ध भएको छ ।

    त्यस्तै, पहिरोले गोठ पुरिँदा धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकामा विभिन्न ठाउँमा पशु, चौपायाहरू पुरिएका छन् । पुरिएका चौपायाहरूको उद्धार गरिएको छ ।

    त्यस्तै,  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल –तानसेन सडकखण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गई अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस