• राजनीति

    तत्काल कुनै पार्टीसँग एकता हुँदैनः माधव नेपाल

      ओमकार टाइम्स

    काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन् ।

    आइतबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    पछिल्लो समय माधव नेपालले प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने हल्ला चल्दै आएको थियो । तर, अध्यक्ष नेपालले भने आफ्नो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने स्पष्ट पारे ।

    उनले राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको उल्लेख गरेका छन् । त्यस्तै, वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस