• विदेश

    काबुल विमानस्थल नजिकै फेरि अर्को बिस्फोट

      ओमकार टाइम्स

    एजेन्सी – अफगानिस्तानको राजधानी काबुलस्थित अन्तरराष्ट्रिय विमानस्थल शक्तिशाली विस्फोटनको घटना भएर झण्डै १७० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि फेरि अर्को विस्फोटन भएको छ ।

    विमानस्थलबाट अमेरिकी नेतृत्वको सेनाले उद्धार तथा सहयोगका कार्यहरू गरिरहेका बेला त्यस कार्यलाई प्रभावित पार्ने गरी विस्फोटन भएको विश्लेषण गरिएको छ । अधिकारीहरूका अनुसार विमानस्थल नजिकै पर्ने बाक्लो बस्ती भएको आवास क्षेत्रमा विस्फोटन भएको हो ।

    विस्फोटनपछि काबुलको आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । स्थानीय समयअनुसार आइतबार साँझ ४ः ५५ मा विस्फोटनको घटना भएको र अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको छैन ।

    प्रतिकृया दिनुहोस