• अर्थ

    तीन दिनदेखि सुनको मूल्य स्थिर

      ओमकार टाइम्स

    तीन दिनदेखि सुनको मूल्य र दुई दिनदेखि चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार गत साताको शुक्रबार (११ गते) देखि सुनको भाउ स्थिर रहेको हो ।

    जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र चाँदीको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकिएको छ । गत साताको शुक्रबार पनि यही मूल्य कायम थियो ।

    यसैगरी, महासंघले विगत दुई दिनदेखि चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।

    आइतबार प्रतितोला १० रुपैयाँले बढेको चाँदीको भाउ आज स्थिर छ । महासंघले आज चाँदीको भाउ प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ ।

    प्रतिकृया दिनुहोस