• समाचार

    काँकरभिट्टा भन्सार कार्यालयमा ३५ अर्बको व्यापार घाटा

      ओमकार टाइम्स

    झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।

    गत आर्थिक वर्षमा ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७-०७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

    नका अनुसार यो नाकाबाट गत आवमा ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ ।

    काँकरभिट्टा नाआव २०७६-७७ को तुलनामा आव २०७७-७८ मा ९ अर्ब ६५ करोडले आयात बढेको छ भने निर्यात तर्फसमेत ४ अर्ब बढेको छ ।

    काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए ।काबाट गत आवमा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको छ ।

    प्रतिकृया दिनुहोस