• समाचार

    कक्षा संचालनको माग गर्दै नुवाकोट आर्दश बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेको कुर्सी जलाए

      ओमकार टाइम्स


    नुवाकोट । कक्षा संचालनको माग गर्दै नुवाकोट आर्दश बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेको कुर्सी जलाएका छन् । विद्यार्थीहरुले लामो समयदेखि क्याम्पसमा पढाई नभएको तथा अनलाइन कक्षाको माग गरे पनि क्याम्पस प्रमुख पाण्डेले कक्षा संचालन नगरेकोले आफूहरु विरोधमा उत्रनुपरेको विद्यार्थीहरुले बताएका छन् ।  क्याम्पस प्रमुख पाण्डेलाई जिम्मेवारी बोध गराई विद्यार्थीको पढाई सुचारु गर्न र विद्याथीहरुलाई छात्रवृति प्रदान गराउन दबाब दिने उदेश्यले विरोधमा उत्रनुपरेको विद्यार्थी रामेश्वर गजुरेलले् जानकारी दिए ।

    यस्तै, अनेरास्ववीयु नुवाकोटका विद्यार्थी नेता राजेन्द्र पनेरुले क्याम्पस प्रमुखले राजनीतिक खोल ओढेर क्याम्पसमा राजनिति गरिरहेको आरोप लगाए । उनले क्याम्पस प्रमुख पाण्डेले क्याम्पसमा संचालक समिति बनाउने । भत्काउने कामम लागेको बताए । यसअघि, विद्यार्थीहरुले क्याम्पस प्रशासनमा पटकपटक कक्षा संचालनको माग गर्दे लिखित र मौखिक उजुरी दिए पनि क्याम्पस प्रशासनले नटेरेकोले विरोधमा उत्रनुपरेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस