• राजनीति

    कोभिड–१९ का कारण संसद् विघटन हुँदैन : जापानी प्रधानमन्त्री

      ओमकार टाइम्स

    जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लो सभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन् । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिएका हुन् । जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् ।

    यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद्को विघटन पनि हुनसक्ने बताएका थिए । दलको यही आशङ्काका बीचमा प्रधानमन्त्री सुगाले संसद् विघटनको कार्यक्रम नरहेको स्पष्ट गरेका हुन् ।
    उनले अहिले नै संसद् विघटन नहुने र प्रतिनिधिसभाको निर्वाचन पूर्वनिर्धारित समय तालिका बमोजिम नै हुने पनि जानकारी दिएका हुन् ।

    प्रतिकृया दिनुहोस