• पत्र-पत्रिका

    एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक | OmkarTimes.com

      ओमकार


    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ ।

     

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो ।

     

    ओलीले पूर्वएमालेका नेताहरुलाई छुट्टाछट्टै भेट गरेपछि शनिबार साँझ पार्टी सचिवालयमा प्रतिनिधित्व गर्ने नेताहरुको छुट्टै बैठक बसेको हो ।

     

    ‘पूर्व एमालेको भागमा परेका विभागको जिम्मेवारी र जिल्ला इन्चार्जहरु कसकसलाई बनाउने भन्ने विषयमा अध्यक्ष ओलीले सामूहिक छलफल गर्न चाहेकाले सचिवालयसम्बद्ध नेताहरुको छुट्टै बैठक बसेको हो ।’

     

    यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस