• मुख्य

    शर्माले लिए प्रधानसेनापतिको नियुक्ति

      ओमकार टाइम्स

    काठमाडौं । रक्षा मन्त्रालयले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापतिको नियुक्ति दिएको छ । बुधबार रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका हुन् ।

    शर्मा अहिले कायममुकायम प्रधान सेनापतिको रुपमा कार्यरत छन् ।

    शर्मालाई पौड्यालले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे । शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रावण २६ गते नियुक्ति गरेकी थिइन् ।

    प्रधान सेनापति पुर्णचन्द्र थापा अवकास हुनु १ महिनाअघि साउन २४ देखि विदामा बसेपछि सरकारले शर्मालाई कायमुकायम सेनापतिको जिम्मेवारी दिएको थियो ।

    प्रतिकृया दिनुहोस