• मुख्य

    निर्वाचन आयोग र सभामुखविरुद्ध एमालेका तीन रिट निवदेन दर्ता

      ओमकार टाइम्स

    नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले बुधबार सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको हो ।

    निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ । त्यसैगरी सभामुख अग्नि सापकोटाले कारवाही गरेका एमाले सांसदहरुको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरेको एमालेले जनाएको  छ ।

    सर्वोच्चले रिट दर्ता गरेपनि रिट नम्बर दिन बाँकी नै रहेको जनाइएको छ । प्रमुख सचेतक भट्टराईले रिट नम्बर भोलि दिने र पर्सीलाई पेशी तोक्ने सम्भावना रहेको जानकारी दिए

    प्रतिकृया दिनुहोस