• स्वास्थ

    नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या १ करोड नाघ्यो

      ओमकार टाइम्स

    नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या १ करोड नाघेको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । जसमध्ये ५४ लाख २४ हजार ८३६ जना अर्थात्फ१८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३२८ जना अर्थात् १५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

    नेपालमा कोभिशिल्ड, भेरोसेल, जोनसोन एण्ड जोनसोन र एष्ट्राजेनेका खोप दिने क्रम जारी छ । नेपालले यी खोप अनुदान सहयोग र खरिदमार्फत प्राप्त गरेको हो । अहिले झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । गएको माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो ।  विश्वमा ५ अर्बभन्दा धेरैले कोरोना खोप लगाइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस