• राशिफल

    आजको राशिफल : २०७८ साल भदौ १७ गते बिहीबार

      ओमकार टाइम्स


    वि.सं.२०७८ साल भदौ १७ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– एकादशी, रातको ०५ बजेर २७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– आद्र्रा,दिउसो ०२ बजेर ०१  मिनेट उप्रान्त पुनर्वसु । योग– सिद्धि, बिहान १० बजेर २५ मिनेट उप्रान्त व्यातिपात । करण– बव,बेलुकी ०४ बजेर ४८ मिनेट उप्रान्त बालव, रातको ०५ बजेर २७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन ।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विवादित विषयहरूको निर्णय पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी रोजगारका अवसर सिर्जना गर्न सकिनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामहरू स्वतः स्फुर्त रूपमा अगाडी बढ्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको काममा समय बित्ने तथा अरूको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजु तथा अग्रजको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । माया प्रेममा सामीप्य बढेर जानेछ भने घरमा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  स्वास्थ्य सबल हुनाले उपलब्धिमूलक कामहरू गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो नतिजा आउने हुँदा मन प्रसन्न हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक बस्तु तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुले नै फसाउन सक्छन् ख्याल गर्नुहोला ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  पढाइमा देखिएको कमजोरी सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मीय मित्र तथा मन मिल्ने साथी भेटिनेछ भने माया प्रेममा प्रशस्त समय रमाउन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  अध्ययनमा मन जानेछ । आस मारेको काम बन्नाले मन प्रसन्न हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गर्दा ध्यान दिनुहोला मानिसहरुले साख गिराउन खोज्नेछन् । घर जग्गा तथा स्थाई सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

    प्रतिकृया दिनुहोस