• खेलकुद

    टी-ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्यो

      ओमकार टाइम्स

    काठमाडौँ : नेपाल टी-ट्वान्टी वरीयतामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार टी-ट्वान्टीतर्फ नेपाल १३ औं स्थानमा रहेको छ।

    यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो । नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान रहेका छन् ।

    चौंथो न्युजिल्याण्ड र पाँचौंमा दक्षिण अफ्रीका रहेको छ । नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस