• देश

    करेन्ट लागेर झापामा एकजनाको मृत्यु | OmkarTimes.com

      ओमकार



    भद्रपुर।  पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट लागेर झापामा एक जनाको आइतबार मृत्यु भएको छ ।

     

    मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ बस्ने ५५ वर्षीय धनकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

     

    प्रहरीका अनुसार आफ्नै घर बाहिर जमेको पानी मोटर लगाई फाल्ने क्रममा राईलाई करेन्ट लागेको थियो ।

     

    करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस