• अर्थ

    तेह्रथुम पावर कम्पनीको  आइपीओ शुक्रबार बाँडफाँट

      ओमकार टाइम्स


    तेह्रथुम पावर कम्पनीको  आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत कूल ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । तेह्रथुमको आइपीओमा आवेदन दिने २३ लाख ४६ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

    तेह्रथुम पावरले भदौ ९ गतेदेखि १३ गतेसम्म कुल ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २ प्रतपशत (१६ हजार कित्ता) सेयर कर्मचारीलाई छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक एन्आइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस