• विदेश

    सुन्दै अचम्म : ९७ दिनसम्म हावा मात्रै खाएर बाँचिन यी युवती | OmkarTimes.com

      ओमकार


    एजेन्सी । अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस शहरकी २५ वर्षीया अउड्रा बियरले आफू ९७ दिनसम्म हावा मात्रै खाएर बाँचेको दाबी गरेकी छिन् ।

     

    अक्सिजनको भरमा मात्र यत्तिका दिन बाँचेको उनको दाबीलाई लिएर विभिन्न प्रश्न उठेका छन् । धेरैले उनको दाबीलाई झुटो भनेका छन् ।

     

    तर, उनी आफूलाई प्रकृतिबाट ऊर्जा लिएर जिउने मान्छेका रूपमा परिभाषित गर्छिन् । ‘म प्राण ऊर्जामा विश्वास गर्छु,’ उनी भन्छिन्, ‘बाँच्नका लागि ठोस पदार्थ खानुपर्दैन ।

     

    प्रकृतिबाट पर्याप्त ऊर्जा पाइन्छ।’ उनी आफू वर्षौंदेखि चिया र जुस मात्रै खाएर जीवित रहेको दाबी पनि गर्छिन् ।

     

    पोषणविद् हेलेना गिब्सन–मुरले उनको दाबीमाथि टिप्पणी गर्दै भनेकी छिन्, ‘हरेक मान्छेलाई ऊर्जा अर्थात् क्यालोरी चाहिन्छ । हावाबाट मात्रै शरीरलाई चाहिने ऊर्जा प्राप्त हुने कुरामा वैज्ञानिक प्रमाण छैन ।’

     

    तर, अउड्रा भने श्वासप्रश्वास क्रियाले भोक नलाग्ने बताउँछिन् । ‘म श्वासबाट प्राण ऊर्जा प्राप्त गर्छु,’ उनी भन्छिन्, ‘मैले ९७ दिनसम्म खानेकुरा खाइनँ । मलाई भोक लागेको महसुस हुँदैन ।’

    प्रतिकृया दिनुहोस