• देश

    सरकारलाई च्यालेन्ज: बुद्धको मुर्ति तोडफोड गर्नेलाई शिवसेनाले भौतिक कारबाही गर्ने | OmkarTimes.com

      ओमकार


    काठमाडौ । सिद्धार्थ रार्जमार्गमा भएको बुद्ध मूर्ति तोडफोडको घटनाको विरोध गर्दै निन्दा गर्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न सरकारलाई चौतर्फी दबाब परेको छ ।

     

    रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित सिद्धार्थ राजमार्ग छेउमा अज्ञात समुहद्वारा बुद्धक मुर्ति माथि तोडफोड गरिएको घटनाप्रति शिव सेना नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

     

    ज्ञानका प्रतीक भगवान बुद्धको मुर्ति माथि भएको आक्रमणबाट शिव सेना नेपाल स्तब्ध भएको मोरङ अध्यक्ष शतिस पोखरेलले बताएका छन ।आधुनिक समाजमा निर्जीव मुर्ति माथिको प्रहार लज्जास्पद मात्रै नभएर निन्दनीय र घृणित कार्य भएको हुदा शिव सेना नेपालले उक्त घटनाको घोर निन्दा र भत्सर्ना गरेको पोखरेलले बतएका छन ।

     

    भगवानको मूर्ति तोडफोड गर्ने अपराधीलाई सरकारले पक्राउ गर्न नसकेमा शिव सेना नेपाल आफैंले पक्राउ गर्ने र भौतिक कारबाहीको चेतावनी दिएको छ । शिव सेना नेपाल मोरङ अध्यक्ष सतिश पोख्रेलले भने, ‘समाजमा धार्मिक सद्भाव बिगार्ने गरी कुनै कुतत्वले भगवानको मूर्तिमा तोडफोड गर्छ भने त्यस्तो समूहलाई शिव सेना स्वयंमले कारबाही गर्ने क्षमता राख्छ ।’

     

    अध्यक्ष पोख्रेलका अनुसार  शिव सेनाको केन्द्रीय समितिले दिएको निर्देशनअनुसार अपराधीहरुको खोजी र कारबाहीका लागि शिव सैनिकहरु आफैं परिचालन हुँदैछन् ।

     

    साथै शिव सेना नेपालका केन्द्रीय सदस्य मनोज सापकोटाले होलि वाईनको नशामा चुर्लुम डुबेको कम्युनिस्ट सरकारले अपराधी सार्वजनिक नगरे पार्टीको केन्द्रीय स्तरबाट अनुसन्धान गरि अपराधी सार्वजनिक गर्ने र कारबाही गर्ने बतए।

    प्रतिकृया दिनुहोस