• सम–सामयिक

    यस्तो छ आजको मौसम

      ओमकार टाइम्स

    काठमाडौं  नेपालमा मनसुनको प्रभाव घट्न थालेको छ । मनसुन सकिन करिब दुई साता मात्र बाँकी रहेका बेला झरी पर्न करिबकरिब बन्द भएको छ । यद्यपि, हल्कादेखि मध्ययम वर्षा भने भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।

    सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । मंगलबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बुधबार राति भने प्रदेश १, २ र बागमतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस