• समाचार

    मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

      रासस


    मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको छ ।

    सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा अपिलसमेत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस