• राजनीति

    ओलीको रिटमा सुनुवाइ सुरु

      ओमकार टाइम्स

    काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ ।

    सोमबार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ सुरु भएको हो ।

    अध्यक्ष ओलीले भदौ १७ गते निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

    ओलीले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा एमालेले कारबाही सिफारिस गरेको १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ ।

    त्यस्तै रिटमा सभामुख सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । ओलीले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस