• अर्थ

    सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढ्यो

      ओमकार टाइम्स

    नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

    यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ ।

    हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ  । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस