• फिचर समाचार

    नेपाली जनताको मुक्तिका लागि क्रान्तिमा लाग्ने हरेक युवा भोलिकाे विप्लव : बिज्ञान

      ओमकार टाइम्स संवाददाता

    दमक। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गौरादह नगर इन्चार्ज बिज्ञानले नेपाली जनताको मुक्तिका लागि क्रान्तिमा लाग्ने हरेक युवा भोलिकाे विप्लव भएको बताउनु भएको छ।

    पार्टीको गौरादह नगर कमिटीले आयोजना गरेको नगर भेलालाई सम्बोधन गर्दै इन्चार्ज बिज्ञानलेे यस्तो बताउनुभएको हो। उहाँले भन्नु भयो, नेपाली जनताको मुक्तिका लागि क्रान्तिमा लाग्ने हरेक युवा भोलिका विप्लव हुन्।

    त्यस्तै इन्चार्ज बिज्ञानले आँफुहरुले बोकेको विचार महान भएकोले आँफुहरुसँग दलाल प्रवृत्ति बोकेका मानिसहरू काम्ने बताउनुभयो। उहाँले झापाली क्रान्तिको नेतृत्व अब युवाको हातमा रहेको पनि धारणा राख्नुभयो।

    प्रतिकृया दिनुहोस