• सम–सामयिक

    एक युवती कोठाको बाहिरबाट चुकुल लगाएको अवस्थामा मृत फेला

      ओमकार टाइम्स

    सिरहाको लहानमा उदयपुरकी एक युवती मृत भेटिएकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराकी २१ वर्षीया करिश्मा चौधरी आफ्नै कोठाभित्र मृत भेटिएकी हुन् । लहानस्थित एक कपडा पसलमा काम गर्दै आएकी करिश्मा कोठाको बाहिरबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय लहानले जनाए छ ।

    करिश्मा दिउँसोदेखि साँझसम्म कोठाबाट बाहिर ननिस्किएपछि घरबेटीले कोठा खोलेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारिएको  मृतक युवतीका मामाको छोरा राजेश चौधरीले बताए । राजेशले करिश्माको हत्या भएको दाबी गरे ।

    इलाका प्रहरी कार्यालय लहानले मृतकको घाँटीमा डोरीले बाँधेको डाम, रगत र टाउकोमा चोट देखिएको बताए । चुकुल बाहिरबाट लगाइएको अवस्थामा भेटिनुले थप शंका उब्जाएको भन्दै परिवारले छानविनको माग गरेका छन् ।
    यता अनुसन्धानको लागि भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या वा आत्महत्या भन्ने पोस्टमार्टमपछि मात्र थाहा हुने र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस