• खेलकुद

    इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सहज जित

      ओमकार टाइम्स

    युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सहज जित हात पारेको छ । पहिलो हाफको तीन गोलमा युभेन्ट्सले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो ।

    युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरे । जीतसँगै समूह ‘एच’ मा युभेन्ट्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहे पनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा छ ।

    प्रतिकृया दिनुहोस