• विदेश

    उत्तर कोरियामा भएको आमनिर्वाचनमा किम जोङ–उनलाई शतप्रतिशत मत | OmkarTimes.com

      ओमकार


    काठमाडौं । उत्तर कोरियामा आइतवार भएको आमनिर्वाचनमा किम जोङ–उनले लगभग शतप्रतिशत मत पाएका छन् । तर पर्यवेक्षकहरूले चुनावमा अर्को कुनै पनि उम्मेदवार र प्रतिद्वन्द्वी नभएकाले उत्तर कोरियाको चुनाव देखावटी मात्र भएको बताएका छन् ।

     

    आइतबार भएको चुनावमा ९९.९८ प्रतिशत मतदान भएको छ र यो सन् २०१५ को तुलनामा ०.०१ प्रतिशत बढी हो । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले आइतबार बताएअनुसार, विदेश यात्रामा गएका मानिसले मात्र मतदान नगरेका हुन् । रोगी र वृद्ध मानिसहरूले मोबाइल मतदान केन्द्रमा भोट हालेको समाचार संस्थाले बताएको छ ।

     

    उत्तर कोरियामा प्रत्येक चार वर्षमा प्रान्तीय, शहरी र काउन्टी एसेम्ब्लीका प्रतिनिधिहरूको निर्वाचनका लागि मतदान हुने गरेको छ ।

     

    किम आफैंले चाहिँ उत्तरी हाम्गयोङ प्रान्तमा रहेको मतदान केन्द्रमा दुई उम्मेदवार जु सोङ हो र जोङ सोङ सिकको पक्षमा मतदान गरे ।

    प्रतिकृया दिनुहोस