• विदेश

    अप्रिल फुल: पश्चिमा संस्कृतिको नक्कल, न छ कुनै बैज्ञानिक फाईदा

      ओमकार

     

     

    आज अप्रिल १ तारिख । पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिन अर्थात मूर्ख दिवसको रुपमा मनाइने गरिन्छ । पश्चिमा देशहरुमा अप्रिल फुल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ । केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने गरिएको छ ।

     

    झुक्याएर अर्कोलाई मुर्ख बनाएको रुपमा रमाइलो गरेर मनाउने यो चलनलाई कतिले सहज रुपमा लिने गरेका छन् भने कतिले विकृतिको नमूना भन्दै आलोचना गर्ने गरेका छन् । एकछिनको रमाइलोको लागि भन्दै साथीभाइ र अरुलाई झुक्याउने प्रवृत्तिले यसले समाजमा नकारात्मक असर पनि पुर्याउने गरेको छ ।

    प्रतिकृया दिनुहोस