• पत्र-पत्रिका

    रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

      ओमकार टाइम्स


    स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

    कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ ।

    नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७/०७८ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.८ प्रतिशतले गरेको थियो ।

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस