• देश

    खानेपानी मन्त्री बिना मगरलाई बिदेश भ्रमणमा केपि सरकारको रोक, जान पाईनन कोस्टारिका

      पत्रपत्रिका

    काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो ।

    मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

     

    प्रतिकृया दिनुहोस