• पत्र-पत्रिका

    जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ भने केही समय पर्खनूस् किनकि …….

      ओमकार


    काठमाडौं । तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ त्यसो हो भने केही समय पर्खनूस् ।

     

    अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ ।जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् ।

     

    जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो । यो समाचार नागरिक दैनिकमा रुद्र खण्डाकाले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस